भूपीको साँघुरो गल्लीको
चोकमा सबथोक छ ,
त्यही चोकको नजिकै
मेरो कोठा कठोर छ,
हेर्दा शान्त तर
भिषण द्धन्दको ताप छ,
रणभूमिमा देखिन्नन् काेही
युद्ध म विरुद्ध म काे छ,
मेरो हिज र आज बिचकाे छ ।
– श्रीराज शाही
जुट्दै टुट्दै जीवन जिएर
म सेतो र कालो रङ्गमा
दौडिदै छु खै के लक्ष्य लिएर
निकै शान्त निलो गगनमा
भारी भारी भएछु
सायद पोखिनु छ यतै कतै
र रमाउनु छ गुधुली साँझमा
सुनौलो रङ्ग फिजाइ
– श्रीराज शाही
कति स्पष्ट हुन्थ्यो अघि बढ्दै जानुको अर्थ
यदि दस वटै दिशा हाम्रो अगाडी भइदिएको भए,
हाम्रो चारै तिर नभइ ।
कति सजिालो हुन्थ्यो अघि बढ्दै जान
यदि केवल हामी मात्र हिड्थेम
बाकी सबै रोक्किएको भइदिए ।
मैले सधैँजसो यो उल्झिएको दुनियालाई
दस दिमागले सोच्ने र बिस हातले समाउने कोशिशमा
आफ्नो लागि निकै कठिन बनाएको छु ।
शुरु शुरु मा सबै यही चाहन्छन्
कि सब थोक शुरु देखि शुरु होस्,
तर अन्तिम सम्म पुग्दा–पुग्दा हिम्मता हार मान्दछ ।
केही चासो रहन्न
कि यी सब कसरी समाप्त हुन्छ
जुन यति धुमधाम सँग शुरु भएको थियो
हाम्रौ चाहनाले ।
कठोर बन र अग्ला हिमालहरुलाई जीत्दै
जब तिमी अन्तिम ऊँचाईलाई पनि जीत्छौ
जब तिमीलाई लाग्ने छ कि केही फरक रेहन अब
तिमीमा र त्यो चट्टानको कठोरतामा
जसलाई तिमीले जित्यौ
जब तिमी आफ्नो निधारमा हिउँको पहिलो आधीँ झेल्छौ
र तिमी काँप्दैनौ
तब तिमी पाउने छौ कि केही फरक छैन
सब थोक जीत्नुमा र
अन्तिम सम्म हिम्मत नहार्नुमा ।
– Translated from hindi by :श्रीराज शाही
- written by: कुवर नारायण
हराउँ कि म देवकाेटा सगैँ
शून्यमा शून्य सरी
अविच्छिन्नमा भिन्न गरी
रङ्गहरुमा सेतो सरी
शान्तमा शान्ति भरी
– श्रीराज शाही
अत्यासलाग्दो रात
भारी भारी मुटु
अनिधा आँखाहरु
हरेकमा पागलपन छ !
याे सानो सपना
बोझले भरिएकाे
दिमाग भएपनि
समेट्ने हिम्मत गर्छ ।
घामको किरणको टुक्रा
अँधेरो लुकेको कोठामा
आशा जगाएर फर्किन्छ ।
सितको गन्धले सम्झाउछ की
यहाँ तिम्रो कोही छैन
फगत एक्लोपन छ ।
सपना, घामको किरण, गन्ध
हरेकमा पागलपन छ
जो हर–एक लाइ
हर–एक सँग मिलाउछ
म थाकेकाे छैन,
राेकिएकाे छैन
लास भइसकेकाे छैन,
किनकी हर–एकमा पागलपन छ ।
हरेकमा पागलपन छ ।
– Translated from hindi by :श्रीराज शाही
- written by: TVF Series "Aspirant"
दुःख बेचेर सुख किन्न नसकेका
तिम्रा विपनाहरुले
रातमा सताउदो हो
तिम्रा सपनाहरुलाई ।
याे कस्ताे आवाज तिम्राे
जसकाे कुनै ठाेस आवाज छैन
तर मन मस्तिक कम्पन छन् चिच्याहटले
यसै कसै निस्कन दिन्न उनी
तर छ्वाताछुल्ल भइिदन्छ कहीँ कतै
सेताम्य शहरमा
काला मसिका मातले
– श्रीराज शाही