Welcome To
My Journey
Section

Journey

as-computer-boy
As a computer boy at school



As a Teacher at School



enumurator playing-child
As a enumerator in 2078 Census

जागिर अनि पैसाको लागि सधैँ दौडिनै रहियो, सधैँको दौडधुपमा एक दिन को दौड थियो यो गाँउ,
कामकै Pre Planned दिमाग भरि बुन्दै हिडेको म
एकाएक यस ठाउँमा पुगेसी दिमाग खाली भयो,
शन्नटा थियो गाउँ अनि त्यस्तै सन्नटा भरियो दिमागमा पनि,
सधैँ सहरको साँघुरो गल्ली हिडेँको म यहाँ अचानक यति फराकिलो आँगन देख्दा फुरुङ्ग भए,
अझ फराकिलो यहाँको मान्छेको मनले म त यतै भुलु जस्तो भए,
बिलकुलै नयाँ ठाउँ मान्छेहरु सबै अन्जान तर पनि कस्तो आत्मियता छ यहाँका मान्छेहरुमा,
कामको सिलसिलाले पुगेको म यहाँको जीवनशैली, आत्मीयता, धैर्यता, इमान्दारीपनले म त्यतै भुले,
सानो फुच्चे एक्लै थियो तर पनि उ यस पहाड बिचको फराकिलो आँगनमा रमाउँदै खेलिनै रहेको थियो
र म उससँग आफूलाई दाजेँ , उ कति खुशी छ, जब कि उससँग के नै छ र ?
लाग्छ त्यो फुच्चे लाई थाहा छ , जस्तो सुकै ठाउँ, परिस्थिति भए पनि त्यहाँ आफूलाई रमाउने वातावरण बनाउनु पर्छ,
मैले आफूलाई त्याहाँका सबै सँग मिसाउन खोजे,
म जस्तै दौडिनै रहेको थियो कुहिरो डाडाँकाडाँ जङ्गल छिचोल्दै,
हेरिरहे र खै के के सोचे,
र भने Enjoy every Moment: No matter good, bad, worst or whatever it comes. don't just say why always me? rather say : Oh Challenge accepted and enjoy every bit of it.